नागरिक आवाज/असाेज १२ , बुटवल –
क्यानन मा.वि.मा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा नँया भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरेका छन् ।
कक्षा १२ का विद्यार्थी विजय आचार्यको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमको प्रमुख अतिथी विद्यालयका अध्यक्ष थानेस्वर पौडेल रहनुभएको थियो ।
विज्ञान र व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ मा भर्ना भएका २५० विद्यार्थीहरुलाई टिका र खादा लगाई स्वागत गरीएको थियो ।
वुटवल इट्टाभट्टीमा रहेको एसियन पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राचार्य माधवकुमार पौडेल, विज्ञान संकाय संयोजक केशव महत, व्यवस्थापन संकाय संयोजक अर्जुन अर्याल, शिक्षक बेदनिधि घिमिरे, कक्षा ११ का विद्यार्थी विक्रम भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कक्षा १२ कि छात्रा भुमिका श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको संचालन विद्यार्थीहरु भविन्द्र भट्टराई र रुद्रा अर्यालले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत संगीत तथा नृत्य लगायतका मनोरन्जनात्मक कार्यक्रम प्रश्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक प्राध्यापक र कर्मचारी गरी करीब ४०० जनाको उपस्थिति थियो ।