नागरिक आवाज/असोज १२,बुटवल ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसकाे मूल गेटमै नेपाल बिद्यार्थी संघ तालाबन्दी गरेकाे छ ।
निर्णय नसच्चाएकाले मूल गेटमै ताला ठाेक्नु परेकाे नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डेले नागरिक आवाजलाई बताए ।
नाताबादको आधारमा ११ जना शिक्षक कर्मचारी भर्ती गरेको भन्दै असाेज १० गते नेबिसंघले आगजनी र तोडफोड समेत गरेको थियाे ।
याे पनि पढाैँ :- आफ्ना मान्छे भर्ती गरेको बिरोधमा बाणिज्य क्याम्पसमा आगजनी र तोडफोड
लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्रीकाे अगुवाइमा ताला लगाइएकाे हाे ।
असाेज १० गते नेबिसंघले क्याम्पस प्रमुखको कुर्ची,टेबलमा आगजनी भएको छ भने क्याम्पस प्रमुख चढ्दै आएको स्कापियो तोडफोड गरेका थिए।
बिद्यार्थीहरुले नया नियुक्त गरीएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा नाताबाद कृपाबाद र आसेपासे भएको नेबिसंघकाे आरोप छ ।
क्याम्पस प्रशासनले समयमै अाफुहरुकाे माग सम्बाेधन नगरे हुने क्षतीकाे जिम्मेबार स्वयं क्याम्पस नै हुने उनीहरुकाे चेतावनी छ ।
हेराै बिज्ञप्ती :-