नागरिक आवाज/असोज २० ,काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिवार प्रकाशित हुदैछ ।
बोर्डका अनुसार शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र आज शनिवार बेलुका सम्म नतिजा प्रकाशित गर्न बैठक डाकिएको छ ।
उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने, विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम सम्पन्न भएसँगै बोर्ड नतिजा प्रकाशनको तयारीमा जुटेको हो ।
गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए ।
नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj