नागरिक आवाज/ २३ असाेज ,बुटवल –
पत्रकार दिपेन्द्र बडुवाल पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
रुपन्देहीकाे भैरहवामा स्थापित ‘लुम्बिनी प्रेस क्लव भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७५’ बाट बडुवाललाई प्रदान गरिएको हाे ।
उनी कान्तिपुर दैनिकका प्रदेश ५ व्यूरो संयोजक समेत हुन् ।
५० हजार रुपैया नगद राशी र कदरपत्रसहितको उक्त पुरस्कार ५ नम्बर प्रदेश प्रमुख प्रदेश प्रमुख उमाकान्त झा र प्रदेश ५ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले सोमबार संयुक्त रुपमा प्रदान गरे ।
लुम्बिनी प्रेस क्लबसँगको सहकार्यमा भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले आफ्नी आमाको स्मृतिमा प्रत्येक वर्ष प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेका हुन्।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj