नागरिक आवाज /असोज २४,बुटवल ।
धुर्काेट गुल्मी– रुपन्देही सम्पर्क समाजको आयोजनामा बुटबलमा बिजया दशमी दिपावलीको र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धुर्काेट जन्मथलो र बुटबल कर्मथलो भएका सबै संग सुभकामना आदान प्रदान गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँको लागी रुपन्देही बसेर भएपनि योग्दान गर्नु पर्ने बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेसु डा कृष्ण प्रसाद खनालले सबैले आफनो जन्मथलोप्रति गर्नुपर्नेकर्तव्य नभुली सक्दो तरिकाले गर्नुपर्ने बताएका छन । उनले चाडपर्वलाई आफनो हैसैयत अनुसार मनाउन समेत आग्रह गरे ।
संस्थाका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षमा भएको कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल पुर्व मेसु डा राजेन्द्र खनाल ,संस्थालका सल्लाहकार युबराज भन्डारी खिमवहादुर थापा,जंग बहादुर श्रीस, रामलाला श्रेष्ठ ,गिवार्ण युद्धमाध्यामिक बिद्यायका प्रअ छन्त पान्डे संस्थाका सदस्य खिमानन्द भन्डारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका महासचिब अर्जुन ज्ञाबलीको संञ्चालनमा सम्पन्न भएको थियो ।