नागरिक आवाज/बुटवल २१, मंसिर ।
“नयाँ उद्ममीहरुका लागी सुधारिएको चुलोको ब्यबसायिक प्रवद्र्धन तथा बजारिकरण” विषयक २ दिने तालिम बुटवलमा सम्पन्न भएको छ ।
जनउत्थान सामदायिक लघुवित्त वित्तीय संस्था लि. ले यु.के., एड सक्षम एक्सेस टु फाइनान्स संगको सहकार्य तथा अजम्बरी बिकास फाउन्डेशनको प्राविधिक सहयोगमा कार्यक्रम भएकाे हाे ।
१८ जिल्ला कार्यक्षेत्र भएको संस्थाले यु.के., एड सक्षम एक्सेस टु फाइनान्स संगको सहकार्यमा संचालित “ उर्जाको उत्पादनशिल प्रयोगका लागी ग्रामिण वित्तीय पहुँच अभिबृद्धि” नामक परियोजना अन्र्तगतका रुपन्देही, कपिलबस्तु, दाङ, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाहरुका १६ वटा शाखा कार्यालयहरुबाट छनौट गरिएका १५ जना समुह सदस्यहरुलाई उक्त विषयमा तालिम प्रदान गरेको हो ।
सदस्यहरुलाई चुलोको ब्यबसायिक विक्री, प्रवद्र्धन तथा बजारिकरण लगाएतका संस्थाले सहयोग गर्दै उनिहरुको आर्थिक तथा ब्यबसायिक बिकास गर्ने उदेश्यले संचालित सो तालिममा संस्थाका संचालक समितीका अध्यक्ष बावुराम विश्वकर्मा, प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, संस्थाका ब.अधिकृत इन्द्र बरालीले यस तालिम मार्फत सदस्यहरुले बास्तवमै नयाँ ब्यबसायिक क्षेत्रको पहिचान गर्ने र सोको बजारिकरण मार्फत स्वच्छ र सफा समुदाय निर्माणमा टेवा पुग्नुका साथै सदस्यहरुले आर्थिक उर्पाजन पनि गर्न सकिने कुराहरु बताउदै तालिमको सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए ।
२ दिन सम्म संचालित उक्त तालिममा अजम्बरी बिकास फउन्डेशनका प्रतिनिधी श्री इश्वरी प्रसाद घर्ती मुख्य प्रशिक्षक रहेका थिए भने जनउत्थान सामदायिक लघुवित्त वित्तीय संस्था लि. सन्तोष रसाइलीले कार्यक्रम संचालन गरेका थिए ।