Loading...

बुटवलमा शैक्षिक मेला शुरु,पहिलाे दिन ८ सयले गरे अबलाेकन

मङ्लबार, फाल्गुन ७, २०७५
  • नागरिक आवाज
  • नागरिक आवाज/फागुन ७,बुटवल-

    विद्यार्थीहरुलाई देशभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाको बारेमा जानकारी दिने उद्धेश्यका साथ बुटवलमा शैक्षिक मेला रुपन्देहीमा शुरु भएकाे छ । बुटवलकाे सिद्धार्थ कटेजमा शुरु भएकाे मेलाको पहिलाेदिन ८ सय जनाले अबलाेकन गरेकाे  संयाेजक राजिब खनालले बताए ।
    भिजन मिडिया ईन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा पाचौ संस्करण शैक्षिक मेला बुटवलमा पहिलोपल्ट भएको हो । कार्यक्रममा देशका विभिन्न विद्यालयका प्रतिनिधीहरुबाट निशुल्क परामर्श दिईएकाे छ।

    मेलामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयसहित अन्तराष्ट्रिय विश्वविद्यालयसंग आवद्ध रहेका विभिन्न कलेजहरु समेत स्टल राखिएकाे छ।

    स्वदेशमा नै बिबिए, एमबिए, बिआईटी,बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम,बिएचटिएम, बिएएडब्लु, बिसिए, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायतका कोर्ष पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरि मेला आयोजना गरिएको हाे ।

    मेलामा आउने प्रत्येक विद्यार्थीहरु एउटा रिचार्ज कार्ड प्रदान गरिने तथा सहभागि मध्येबाट एक जनालाई मोबाईल उपहारसमेत प्रदान गरिने छ । नेष्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले यस किसिमको पहिलो मेला आयोजनासंगै धेरे चुनौतीहरु रहेको बताए ।

    मेलामा २५ बढी कलेजहरुको स्टलहरु छन ।

     

     

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार