दिपक न्यौपाने/बुटवल,साउन १८ ।
उत्कृष्ट खेलको प्रर्दशनसगै सिर्जना एफ सी करौजीयाले कोटिहवामा सन्चालन भइरहको १५ औ लिस्नुकप फुटबल प्रतीयोगीतामा बिजयी शुरुवात गरेको छ ।
करौजीयाले कपिलबस्तु ११ लाइ ६ –२ को फराकिलो अन्तरले पाखा लगायो ।
करौजीयाका तर्फबाट पहिलो हाफको ११ औ मिनेटमा आशिष शाक्यले गोलको खाता खोलेसगै कपिलबस्तु ११ दबाबमा परेको थियो ।
यस्तै पहिलो हाफको २० औ मिनेटमा बिनोद राना,२४ औ मिनेटमा अजय थापाले गोल गरेका थिए ।
दोस्रो हाफमा पनि दबाबमा रहेको कपिलबस्तु ११ ले पाएका केहि अबसरहरुलाइ सदुपयोग भने गर्न सकेन ।
करौजीयाले दोस्रो हाफमा बिनोद रानाको १ गोल र कमल गुरुङको २ गोलको मद्धतमा फराकिलो अन्तरले जीत निकाल्न सफल रह्यो । यस्तै कपिलबस्तु ११ को तर्फबाट पहिलो हाफमा सचिन सेन र दोस्रो हाफमा बिष्णु थापाले गोल फर्काए पनि त्यो जीतका लागी पर्याप्त थिएन । खेलमा करौजीयाका कमल गुरुङ म्यान अफ दि म्याच घोषीत भए ।
प्रतीयोगीता अन्र्तरगत भोलीको खेल गोर्खा ब्याइज क्लब बुटवल र खुकुरी एफ .सी बेलहियाका बिचमा खेल हुने क्लबका मनोज क्षेत्रीले जानकारी दिनुभयो । प्रतीयोगीतामा रुपन्देहि,कपिलबस्तु र चितवन गरि २० वटा क्लबको सहभागीता रहेको छ । प्रतीयोगीताको बिजयी टोलीले १ लाख शिल्ड तथा मेडल पाउने छ भने उपबिजेता टोलीले ५० हजार पाउने छ ।
पशुपती उच्च माबिको खेल मैदानमा जारी प्रतीयोगीताको फाइनल खेल भने भदौको ५ गते हुनेछ ।