कपिल ज्ञवाली /बुटवल, साउन २० ।
नेपाली कांग्रेसका नेता तथा बुटवलका बरिष्ठ समाजसेवी सूर्यप्रसाद प्रधानको ७६ बर्षको उमेरमा आज बिहान निधन भएको छ ।

स्वर्गिय सूर्यप्रसाद प्रधानकाे अाफ्नै निवास बुटवलकाे लक्ष्मीनगरमा राखिएकाे पार्थिव शरिर । तस्वीर :कपिल ज्ञवाली/नागरिक अावाज ।
बुटवल ६ लक्ष्मीनगर स्थित आफ्नै घरमा श्वासप्रस्वासमा समस्या भएपछि हिजोराती लुम्विनी अञ्चल अस्पतालमा पुर्याइएको थियो । उहालाई सबैले ‘सूर्यप्रसाद काका’ भनेर सम्बोधन गर्दथे ।
प्रधानलाई विहान पौने पाच बजे अस्पतालमै मृत घोषित गरिएको नेपाली कांग्रेस नगरसभापती खेलराज पाण्डेले बताउनुभयो ।
प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो ।
बिक्रम सम्वत १९९७ साल असोज १३ गते पर्बतको पाङ्मा जन्मनु भएका प्रधानका श्रीमती (सुक्कुमारी प्रधान ) र १ छोरी –बिश्व शान्ती प्रधान ) हुनुहुन्छ । प्रधान तत्कालिन रुपन्देही क्षेत्र नं ३ बाट २०५६ सालमा सांसदमा निवाचित हुनुभएको थियो ।
उहा क्षेत्र नं ४ बाट संबिधानसभाको निर्बाचनमा कांगे्रसका तर्फबाट उम्मेदबार समेत हुनुहुन्थ्यो ।
२०१४ सालको भद्र अबज्ञा आन्दोलनबाट राजनीति सुरु गर्नुभएका प्रधान बुटवलको बिकासका संस्थापक मध्येका एक हुनुहुन्थ्यो । त्यतिबेला गणेशमान सिंहबाट प्रभाबित हुनुभएकोले राजनीति यात्रा शुरु भएको थियो ।
तात्कालिन बुटवल नगरपालीकाको पूर्वनगर प्रमुख समेत रहनुभएका प्रधानको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।
दर्जनौं संस्थाका संस्थापक :-
स्वर्गीय प्रधानकै अगुवाइमा बुटवलमा दर्जनौं स्वास्थ्य, सामाजिक र शैक्षिक संस्थाहरु स्थापना भएका छन् । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष , आम्दा अस्पताल बुटवलका पूर्व सल्लाहकार, लुम्बिनी अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष, लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।
बुटवल शोकमा डुब्याे :-
उहालाइ इमान्दार,लगनशिल तथा सरल ब्यक्तीका रुपमा सबैले उच्च सम्मान गर्दथे । एकजना बिकासप्रेमी नेताको निधनले यतिबेला बुटवल शोकमा डुबेको छ ।
प्रधानको घरमा अहिले आफन्त ,शुभेच्छुक तथा राजनीतिकर्मीहरुको समबेदनाका लागि भिड लागेको छ । प्रधानको पार्थिब शरिरलाइ दाहसंस्कारको टुंगो भने अझै लागेको छैन । उहाको केहि समय पहिले ‘समाजसेवी तथा राजनीतिज्ञ सूर्यप्रसाद प्रधान ’नामक जीवनी प्रकाशित छ ।
उद्योगमन्त्रीद्वारा समबेदना ब्यक्त :-
उद्योग मन्त्री महेश बस्नेतले स्व प्रधानको निबासमै पुगेर समबेदना ब्यक्त गर्नुभएको छ । सो अबसरमा बस्नेतले प्रधान सच्चा र इमान्दार राजनीतिज्ञ भएको शोक पुस्तिकामा लेख्नुभएको छ ।