विकास गौतम / बुटवल, २१ साउन ।
लियो क्लवहरुको पि.एस.टि बुस्ट क्याम्प भोलीदेखी रुपन्देहीमा हुने भएको छ । ३२५ वी २ अन्तर्गतका ५५ वटा क्लवहरुको क्याम्पमा सहभागीता रहने आज बुटवलमा आयोजीत पत्रकार सम्मलेनमा जानकारी दिइएकोे छ ।
लियो रिजन ६ अन्तर्गत ११ वटा लियो क्लवहरुले संयुक्त रुपमा आयोजना गरेको बुस्ट क्याम्पमा क्लवका २०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै लियो ३२५ वी का सचिव अर्चित श्रेष्ठले क्याम्पमा उपस्थित लियो सदस्यहरुलाई लियोको काम, कर्तव्य लगायतका विषयमा प्रशिक्षण दिइने बताउनुभयो ।
उहाले हरेक वर्षको जुलाई महिनामा लियोमा नया नेतृत्व परिवर्तन हुने बताउदै नया नेतृत्वले गर्नुपर्ने काम कर्तव्यका विषयमा जानकारी दिन क्याम्पको आयोजना गरीएको बताउनुभयो । उहाले विशेषत पिएसटि अन्तर्गत क्लवका अध्यक्ष, सचिव र कोषाध्यक्षले बढी जिम्मेवारी सम्हाल्नु पर्ने भएकोले हरेक बर्ष यसरी पिएसटी क्याम्पको आयोजना गरिने बताउनुभयो ।
डिष्ट्रिक ३२५ वीका कोषाध्यक्ष एम.एल पाण्डेले रुपन्देहीका विभिन्न स्थानले पर्यटकीय सम्भावन बोकेको भन्दै यस वर्षको कार्यक्रम आफुहरुले रुपन्देहीमा आयोजना गरेकोे उल्लेख गर्नुभयो ।
उहाले पिएसटी क्याम्पमाआएका प्रतिनिधिहरुलाइ रुपन्देहीमा रहेका विभिन्न ऐतिहासिक तथा पर्यटकीय महत्वको चिनारी बोकेका स्थानहरुको भ्रमण गराइने बताउनुभयो ।
शुक्रबार र शनिबार हुने क्याम्पमा सहभागी भएका प्रतिनिधिहरुलाई खस्यौली एफ.एमका स्टेशन म्यानेजर सुमन श्रेष्ठले पत्रकारीता, व्यक्तित्व विकास र बोल्ने कला लगायतका विषयमा प्रशिक्षण दिइने लियो ३२५ वी रिजन ६ का कोर्डिनेटर सरोज कडेलले जानकारी दिनुभयो ।
साथै क्याम्प लियो ३२५ वी का पदाधिकारीहरुको पदहस्तानान्तर पनि हुने आयोजकले जनाएको छ ।