बुटवल २१ श्रावण
धर्मनिरपेक्ष संरक्षण समिति,रुपन्देहीले शुक्रबार बुटवलमा बृहत शान्तिपूर्ण खबरदारी र्याली निकाल्ने भएको छ ।
धर्मनिरपेक्ष राष्ट्र नेपाल कायम गराउंन समितिले र्याली निकाल्न लागेको हो । समितिले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पुरा भएको समितिका अध्यक्ष सुरज थापाले जानकारी दिनुभयो ।उहांका अनुसार भोली बिहान ः ११ बजे राजमार्ग चौराहस्थित लखनचोकबाट बृहत र्याली शुरु भई बुटवल बजार परिक्रमा पश्यात मिडिया चोकमा पुगेर सभामा परिणत हुंनेछ ।
सभालाई एमाओवादीका केन्द्रीय सदस्य टंकमणी शर्मा,राष्ट्रिय जनमुक्ति पार्टी,रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ,ख्रिष्चियन महासंघ नेपालका महासचिव सि.बि गहत्तराज,नेपाल मगर संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर बिरकट्टा,बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर बिमलबहादुर शाक्य,भिक्षु सागर धम्ब,मुश्लिम तथा सिंख समुदायका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउंनुभयो ।
समितिका अध्यक्ष सुरज थापाको अध्यक्षता,पत्रकार सनु थापाको संचालनमा भएको कार्यक्रममा ख्रिष्चियन महासंघका केन्द्रीय सदस्य धनसिंह पुनले पनि बोल्नु भएको थियो । समितिले आज प्रचारप्रसारका क्रममा रुपन्देहीभरि नैं माइकिङ गर्नुका साथैं प्रचा वितरण,जभेटघाट,गाविस,वडाहरुमा भेला सम्पन्न गरि कार्यक्रमको तयारी पुरा गरेको जनाएको छ ।