विकास गौतम/पुष ११, बुटवल ।
तिलोतमा इन्ष्टिच्युटले आज देखी लोक सेवा आयोगको तयारी कक्षाहरु संचालन गरेको छ । इन्ष्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी तयारी कक्षाहरु सुरु गरेको हो ।
लोक सेवा आयोगको तयारी कक्षा अन्तर्गत सरकारी तहको नायव सुव्वा पदको लागी तयारी कक्षाको संचालन गरिएको इन्ष्टिच्यूटका प्रबन्ध निर्देशक नविन अधिकारीले जानकारी दिए ।
उनले सरकारी जागीरका लागी तयारी गर्न काठमाण्डौ पुग्नु पर्ने झंझटबाट छु्ट्कारा दिनको लागी आफुहरुले बुटवलमा नै तयारी कक्षाहरुको सुरु गरिएको बताए । उनले सरकारी पदमा रही लामो अनुभव संगालेका प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने बताए ।
इन्ष्टिच्युटका सस्थापक अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षतामा भएको कायक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरी अयोल, आन्तरीक राजश्व कार्यलय भैरहवाका कर अधिकृत धनेश्वर अर्याल, नापतौल गुणस्तर विभाग बुटवलकी शाखा अधिकृत अम्बिका गैरे, नेपाल विद्युत प्राधिकरण बुटवलका भीमलाल न्यौपाने, संजिवनी कलेजका दिपक रोका, पत्रकार झविन्द्र देवकोटा लगायतले बोल्दै लोकसेवा तयारी कक्षाको शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन नरेन्द्र जि सीले गर्नु भएको थियो ।