नागरिक आवाज/बुटवल, ११ पुस ।
हरियाली बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । सहकारीको एक कार्यक्रमका बिच जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रमा कुमारी खड्काले शनिबार बुटवलमा उद्घाटन गरेकी हुन ।
कार्यक्रममा बोल्दै उनले बचत र ऋण लगानीमा सिमित नभई अब सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताईन् । कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै उपाध्यक्ष बेदनिधि रिजालले सहकारीमा भएका कमीकमजोरीहरु हटाएर नया योजनाहरु बनाउन समेत शेयर सदस्यहरुको सुझावको आवश्यकता रहने उनले बताए ।
कार्यक्रममा लेखा समिति सदस्य रमेशमान शाक्यले लेखा प्रतिवेदन र अध्यक्ष योग प्रसाद श्रेष्ठले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीमा हाल क,ख र ग गरि तिन समूहका ५ सय १४ शेयर सदस्यहरु रहेका छन । जसमा २ सय १४ महिला र ३ सय पुरुष सदस्य रहेको सहकारीका कोषाध्यक्ष राजु भारीले बताए ।
सहकारीले आफना शेयर सदस्यहरुका लागि दुर्घटना बिमा, जेष्ठ नागरिक सम्मान, शेयर सदस्यहरुका छोराछोरीहरुलाई छात्रवृति प्रदान तथा शेयर सदस्यको मृत्यु भएमा परिवारलाई १० हजार राहत रकम समेत उपलब्ध गराउदै आएको उनले बताए ।