नागरिक आवाज/भैरहवा, पौष १४ ।
ने.क.पा एमाले रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीको क्षेत्रीय परिषद यहि पौष २० गते हुने भएको छ । क्षेत्रीय कमिटीको मंगलबार भैरहवामा बसेको पूर्ण बैठकले क्षेत्रीय परिषदलाई भब्य रुपमा सफल पार्न विभिन्न उपसमती समेत निर्माण गरेको छ ।
परिषदलाई भब्य रुपमा सफल पार्न विभिन्न उपसमिती निर्माण गरिएको हो । जसको व्यवस्थापन उसमिती संयोजकमा लालमोहन पठान र सदस्यहरुमा उमा अधिकारी, लेखनाथ पाण्डे, फणिन्द्रकेशर कुवंर, सन्तप्रसाद यादव, लक्ष्मी खनाल, अनुप मल्ल र नरेन्द्र भण्डारी रहेका छन् । प्रचार प्रसार उपसमिती संयोजकमा नरेश के.सी र सदस्यहरुमा दिवाकार पन्थि, निर्मल हुमागाई, श्रीबहादुर रायमाझी, उमा अधिकारी रहेका छन् ।
आर्थिक प्रतिवेदन लेखन उपसमिती संयोजकमा इन्द्रजीत यादव र सदस्यहरुमा चन्द्रबहादुर थापा , फणिन्द्र केशर कुवर रहेका छन् । राजनितीक तथा सांगाठानिक प्रतिवेदन लेखन उपसमिती संयोजकमा घनेन्द्र विक्रम पाण्डे, सदस्य श्याम बस्याल, शंकर प्रसाद पाण्डे, ममता माण्डब्य र लक्ष्मी पाण्डे रहेका छन् । प्रतिनिधी दर्ता उपसमितीमा संयोजक शंकर प्रसाद पाण्डे र सदस्यहरुमा विष्णु तिवारी, लक्ष्मी पौडेल रहेका छन् ।
पार्टिका जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थिको प्रमुख आतिथ्यता, क्षेत्रीय सह इन्चार्ज हितराज पन्थिको विशेष आतिथ्यता एवं जिल्ला सदस्य जिवलाल अर्याल र प्रेम कुमार सेन्चुरीको आतिथ्यतामा सम्पन्न उक्त बैठकले अध्यक्ष घनेन्द्र विक्रम पाण्डेले पेश गरेको राजनितीक प्रतिवेदन , सचिव श्याम बस्यालले पेश गरेको सांगाठानिक प्रतिवेदन र उपाध्यक्ष इन्द्रजीत यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।