१७ पुस, ललितपुर ।
हाकुपटासीसँगै दुईवटा चौबन्दी चोली खापेर लगाएकी छन उनले । मुजा परेको उनको अनुहारको पीडा स्पष्टै देखिन्छ । शिथिल आँखाबाट तप्प आँसु चुहाउँदै उनले भनिन् ‘रहर नुहँदानहुँदै पनि बाँच्नुपर्दोरहेछ ।’
उनले भनिन्, ‘बेस्सरी स्वाँस्वाँ आउँछ । घाममा बसुन्जेल निको भएजस्तो हुन्छ । भित्र छिर्नासाथ अक्सिजन चाहिन्छ । जिउ पोल्छ ।
हिटर बाल्न बत्ती छैन । एक झमक निदाएपछि पूरा रात जाग्राम बित्छ । रात छिप्पीएपछि तुसारो पानीझै खस्न थाल्छ । जाडो महिनामा साँच्चै गाह्रो छ,’ अन्नपूर्ण पोस्टले खबर छापेकाे छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj