कपिल ज्ञवाली/बुटवल,पुस १७ ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बर्तमान सरकारको लक्ष्य नै नभएको आरोप लगाएका छन् । उनले अहिलेको केपि ओली नेतृत्वको सरकार ‘चौबाटोको बग्गी जस्तो’भएको टीप्पणी गरेका हुन् ।
शुक्रबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले भने—‘सरकारले झण्डै ३ महिनाको अबधिमा पनि आफूले के गर्ने हो भनेर आधिकारिक धारणा बाहिर ल्याउन सकेन,अब सरकार बाट जनताले कुनै आशा नगरे हुन्छ’ केसीले भने ।
उनले सरकारले चौबाटोमा उभिएर यता जाने की उता जाने भनेर निर्णय गर्न नसकेको बताए ।
सरकारले जनतालाइ सुबिधा दिन त कहा हो कहा कालोबजारी तन्त्र र तस्करी तन्त्र मौलाउने कामलाइ प्रश्रय दिएको उनले आरोप लगाए ।
‘सरकार निरिह,अर्कमण्य,ढुलमुले र नालायकी देखिएको छ,खोक्रो राष्ट्रबाद जनतालाइ बोकाएर हुदैन’ । जनताले केहि समय त सहलान् तर सधै नसहने उनको भनाइ छ ।
यतिबेला बामपन्थी गठबन्धनले लोकतन्त्र खतरामा पार्ने चिन्ता बढेको उनको कथन थियो । लोकतन्त्र र लोकतन्त्रबादीहरुमाथि सरकारले प्रहार गर्न थालेको पनि उनले सुनाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता केसीले अब कांग्रेसको १३ औं महाधिबेशनले सबैलाइ एकढिक्का गराएर अगाडि बढ्नुपर्ने आबश्यता औल्याए ।
महाधिबेशनबाट कांग्रेस नंया कोर्ष र बैचारिक आन्दोलनबाटै अघि बढ्छ
कांग्रेस संस्थागत भन्दापनि ब्याक्तिमुखि बनेको भन्दै उनले यसलाइ महाधिबेशनले चिर्ने बताए । ‘अब अंशले कोहि नेता भइदैन,योग्यता,क्षमता त्याग र क्रियाशिलता चाहिन्छ’–उनले भने ।
महाधिबेशनमा बाद प्रतिबाद र संबाद र प्रतिस्प्रर्धाबाट नै नया नेतृत्व चयन हुने र यो लोकतान्त्रीक बिधि भएको उनले प्रष्ट पारे ।
-बुटवलमा अायाेजित पत्रकार सम्मेलनमा अाफ्ना कुरा राख्दै नेता केसी । तस्वीर :बिजय पाेखरेल/नागरिक आवाज ।
उनले केहि पदहरुमा कांग्रेसको पराजय पछि यतिबेला केहि कांग्रेसीजनहरु कांग्रेसको स्थान खै भनेर आत्तिएको भन्दै नआत्तीन आग्रह गरे । बिपक्षीहरुलाइ केसीले कांग्रेस सिध्यियो भनेर पनि नमात्तिन आग्रह गरे ।
हतारमा निर्णय र फुर्सदमा पछुताउने छैनौं
नेता केसीले कांग्रेस जहिलेपनि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गरेको भन्दै अब ठिक समयमा निर्णय र ठिक समयमै काम गर्ने उल्लेख गरे । आपफूले अहिलेसम्म कुनै पदमा दाबि नगरेको उनले प्रष्ट पारे । उनले साथिहरुसंग छलफल गरेर टुंगाउने पनि बताए ।
कार्यक्रम यसनियन रुपन्देहीका सभापति बिक्रम खड्काको अध्यक्षता तथा सचिब कबिन्द्र नेपालको संचालनमा भएको थियो ।