साउदी अरब १८, पुष ।
रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका गुरुङ् समुदायहरुले तमु ल्होसार मनाएका छन् । साउदी अरबमा छरीएर रहेका गुरुङ्हरु एकै स्थानमा भेला भएर शुभकामना आदानप्रदान तथा बिशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरेर ल्होसार पर्व मनाएका हुन् ।
तमु धी नेपाल, प्रवास शाखा साउदी अरबको आयोजनामा साउदीको खोबार स्थित गल्फ दरबारमा तमू ल्होसार बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो ।
पुष १५ का दिन बिदा नमिलेका कारण यहांको सार्वजनिक बिदाको मौका पारेर जनवरी १ शुक्रबारका दिन ल्होसार पर्व मनाईएको हो ।
तमु (गुरुङ्) समुदायको मौलिक परम्परा, कला, भाषा, भेषभूषा, संस्कृति, र रीतिरीवाजलाई जगेर्णना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा गुरुङ् भेषभुषा र संस्कृती झल्कने परम्परागत पोषाक सहित गुरुङ् समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा प्रल्हो ल्होसारको पुजाका साथै तमु जातीको भाषा, संस्कृति र जातिय पहिचान झल्काउने खालको बिशेष सांगीतिक झलकहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोकगायक तिलक गुरुङ, लोकदोहोरी गायक छन्त बहादुर कार्की, गायक शुभाष श्रेष्ठ, सन्तोष बिश्वकर्मा लगायतले सांगितीक प्रस्तुती मार्फत् दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी साउदीका लागि कार्यबाहक राजदूत आनन्द प्रसाद शर्माले नेपाल बिभिन्न जाजाती र भाषभाषीको रंगीन फूलबारी भएको उल्लेख गर्दै प्रवासमा गरिने यस्ता खालका सांस्कृतीक गतिबिधीले नेपाली लोक संस्कृतीको जगेर्नामा टेवा पूग्ने धारणा राख्नुभयो ।
उहांले प्रवासी नेपालीहरु एकै स्थानमा भेला भएर साझा सांस्कृतीक पर्वका रुपमा चाडपर्व मनाउदा जातजाति बिचको आपसी सद्भाव र एकता लाई थप मजबुद पार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय परिषद् साउदीका अध्यक्ष हुम सुनारी मगरले आदिवासी जनजातीका हक अधिकार, पहिचान र अस्तीत्वको प्राप्तीका लागि संघर्ष जारी रहेको बताउनुभयो ।
आदिवासी जनजातीका भाषा र संस्कृतीको संरक्षणको अभावमा लोप हुने अवस्थामा पूगेको भन्दै उहांले भाषा र संस्कृतीको संरक्षणका लागि आ आफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा एनआरएनएका आईसिसी सदस्य यास्मिन बेगम, तमू धीका संरक्षक ओम घले, बुद्धिजिवी कमल गुरुङ, एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, नेपाल मगर संघ साउदीका अध्यक्ष रुद्र मगर, तुलसी गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तमु धीका अध्यक्ष खेम तमूको अध्यक्षता तथा प्रबक्ता राजपति तमूको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा साउदीमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, ब्यबसायी लगायत नेपाली समुदायको उल्लेख्य सहभागीता रहेको थियो । यता साउदी अरबकै पश्चिम क्षेत्रमा रहेका गुरुङ् समुदायले पनि शुक्रबार जेद्दामा धुमधामका साथ तमु ल्होसार मनाएका छन्