नागरिक आवाज/बुटवल भदाै २६-
लायन्स क्लब अफ बुटवल स्टार्सले मृगौला बिरामीको उपचारमा सहयाेग पुगाेस् भन्ने उद्धेश्यले लुम्बिनी अञ्चल अस्पतालमा ३ लाख बाराबरको उपकरण हस्तान्तरण गरेको छ ।
सोमबार अस्पतालमा बिशेष कार्यक्रमको आयोज गरि लायन्स क्लब अफ बुटवल स्टार्स २०१८-१९ का अध्यक्ष एमजेएफ एम एल पाण्डे, डिष्ट्रिक गर्भनर एमजेएफ सुनिल ओझा, मेडिकल सुपरिटेन्डेन डा.कृष्ण खनाल ,पूर्ब गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ संयुक्त रुपमा सामान हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गर्भनर एमजेएफ सुनिल ओझा, सामाजिक सेवा भावनाले गरिएको स्टार्सको कार्य छोटो समयमै उत्कृष्ठ भएको बताउदै आगामि दिनमा पनि उस्तै सामाजीक कार्यका लाग्न बताएका थिए ।
मेडिकल सुपरिटेन्डेन डा.कृष्ण खनालले अस्पतालमा आउने बिरामिहरुले अब शोडियम,पोटासीयम र लिथियम सजिलै चेक हुने बताए ।
कार्यक्रमममा सस्थापक अध्यक्ष एवं जोन चेयर एमजेएफ पर्सन सन्दिप कसौधन, लगायतले बोलेका थिए । सिनियर डिष्ट्रिक एडभाईजर एमजेएफ सुरेस रत्न बज्राचार्य,निबर्तमान अध्यक्ष तथा एरिया को चिफ एमजेएफ आशिष कृष्ण श्रेष्ठ उपस्थीती रहेको थियो ।
संयोजक सन्तोस गुप्ताका अनुुसार बार्षिक कार्यक्रको स्वस्थ्य सम्बन्धि गरिएको बताए ।