काठमाण्डौं : गोविन्द शाहि र क्रिशु शाहि (काफिया) र कविर विक्रम शाहिले संयुक्त रुपमा निर्मँण गर्न लागेको चलचित्र लभ स्टेशनको सुभसाईत गरी क्यामेरा खोलिएको छ । सोमवार पशुपतिनाथ मन्दिरको प्रागंणमा पुजाआजा गरी मुहर्त गरिएको हो ।
निर्माण टिम भोली छायाँकन स्थलतर्फ लाग्नेछ । शुक्रवारवाट चलचित्रको छायांकन प्रारभ्म हुने निर्माता गोविन्द शाहिले बताए । चलचित्रमा अहिलेका हटकेक अभिनेता प्रदिप खड्का र लिलिवीली फेम अभिनेत्री जसिता गुरुङ लिड क्यारेक्टरमा रहनेछन् ।
प्रकाश शाह, रमेश वुढाथोकी, रवि डगोल, सिरु विष्ट, रश्मि पाण्डे आदी कलाकारको पनि अभिनय रहनेछ । उज्ववल घिमीरेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ५० दिन लगाएर खिचिदैछ ।
लभ स्टेशनलाई आलप शुक्लाले खिच्नेछन् । २ करोड लागतमा निर्माण हुन लागेको चलचित्र फ्लोरमा जानुअघिनै चर्चामा छ ।
भारतको सिक्कीम, दार्जिलिङ लगायतका स्थानमा छायांकन हुन लागेको लभ स्टेशन पुर्ण प्रेमकथामा आधारित रहनेछ ।