नागरिक आवाज/बुटवल असोज १३ ।
हाम्रो समूहले बुटवलमा साधारण सभा सम्पन्न गरेको छ ।
आम युवाहरुमा आर्थिक सवलिकरण, विभिन्न सामाजिक कार्य तथा सिर्जशील गतिविधिका लागि यो समूह गठन भएको योजना विकास तथा कार्य सञ्चालन समितिका संयोजक चिरन अर्यालले जानकारी दिए ।
विभिन्न जिल्लाबाट बुटवललाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध जुझारु युवाहरुबाट अनुशासन, इमान्दारिता, पारदर्शिता र आर्थिक निर्भरता हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ संस्था ग७न भएकाे हाे ।
संस्थाले विभिन्न सामाजिक कार्य सँगै युवाहरुलाई संगठित गरी आर्थिक क्रियाकलाप सँगै देशको अर्थतन्त्रमा टेवा पुग्ने कामको लागि यो समूह अग्रसर रहने सदस्य समन्वय तथा कार्यक्रम संयोजक भुवन पन्थले बताए ।
उक्त साधारण सभामा समूहका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले वार्षिक कार्य पत्र प्रस्तुत गरेका थिए भने कोषाध्य गोपिलाल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले नवविवाहित सदस्य विशाल कुँवर र चित्रमाया थापालाई सम्मान समेत गरेको थियो ।
विज्डम कलेजका तथा एस आर होटलका अध्यक्ष मधुकर शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, समूहका सदस्य नारायण थापा, आर्थिक उप समितिका संयोजक रामु जि.सी., व्यवस्थापन उप समितिका संयोजक शुशिल पराजुली, सञ्चारकर्मी शपन कुमार एञ्जील लगायतले संस्थाको प्रगतिको कामना गर्दै मन्तव्य राखेका थिए ।
समूहका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता, सदस्य भुवन पन्तको स्वागत मन्तव्य र सचिव युवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो