नागरिक आवाज/देवदह, १६ असोज ।
रुपन्देहीको देवदह –७ मा दुर्ब्यसनी नियन्त्रण गर्नको लागि गाउँ टोलमा अभियान संचालन गरिएको छ ।
सोही अवसरमा देवदह वडा नं ७ का वडा अध्यक्ष पदम थापाको नेत्रित्वमा लागुऔषध बिक्रि तथा सेवन निषेधित क्षेत्र र मदीरा सुर्ती, चुरोट नियन्त्रित क्षेत्र बनाउनको लागि पर्चा टास्ने काम सम्पन्न भएको छ ।
समाजमा रहेका युवाहरुलाई दूव्र्यशनीबाट बचाउन यस्तो अभियान संचालन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
उहाले देवदह वडा नं ७ भित्र दूव्र्यशनी नियन्त्रणको लागि पहिलो चरणमा पर्चा टास्ने काम हुने, दोश्रो चरणमा घरदैलोमा माइङ्किङ गर्दै हिड्ने र तेश्रो चरणमा जनचेतना फैलाउनको लागि बिद्यालय तथा गाउँ समाजमा तालिम, गोष्ठि संचालन गरिने बताउनुभयो ।
कार्यक्रममा दूव्र्यशनी नियन्त्रण अभियानका उपाध्यक्ष भरत गुरुङ्गले लागुपदार्थ उल्लेखिय मात्रामा सेवन गर्ने स्थानमा यो अभियानलाई विशेष महत्वका साथ हेरिने बताउनुभयो ।
विजया दशमी भन्दा पहिला नै दूव्र्यशनी नियन्त्रण अभियानको कार्यहरु पूरा गरिने उहाले बताउनुभयो । उहाले दुईदिन भित्रमा ४ सय भन्दा बढी घरधुरीमा पर्चा टास्ने काम सम्पन्न भएको बताउनुभयो ।