नरेश के.सी./भैरहवा, असोज १९ ।
इन्डो नेपाल कराते सेमिनार तथा बन्द प्रशिक्षणको तयारी पुरा भएको छ ।
नेपाल र भारतकागरी करिब डेढ सय कराते खेलाडीको सहभागीता रहने उक्त सेमिनारको तयारी पुरा भएको जापान गोजु रीयो करांते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजि रानाले जानकारी दिए ।
रुपन्देहीको कोटिहवा स्थित मगर भवनमा यहि असोज २२ गते हुने उक्त सेमिनारमा विभिन्न उमेर समुहका खेलाडी सहभागी हुनेछन् ।
स्वास्थ्य र संस्कारकोलागी कराते भन्ने मुल नाराका साथ जापान गोजु रीयो करांते डो मिसन संघ नेपालको आयोजनामा उक्त सेमिनार हुन थालेको हो ।
सेमिनारमा नेपालका १५ जिल्लाका एक सय र भारतका बैंगलोर स्थित जापान गोजुरीयो करातें डो एशोसियसन बैंगलोर तथा राजिस्थान र हरियाणा करातें बाट गरी डेढ सय खेलाडी सहभागी हुनेछन् ।
असोज २२ गतेदेखी ३१ गते सम्म चल्ने उक्त सेमिनार तथा बन्द प्रशिक्षणलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको राष्ट्रिय खेलकुद परिषदका प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले जनाए ।
प्रशिक्षक रानाले उक्त प्रशिक्षणमा जापानको टोकियो स्थित जापान गोजु रीयो करांते डो मिसन संघको मुख्यालयबाट प्राप्त नयां नियम र प्राविधीकको बारेमा समेत प्रशिक्षण दिईनेछ ।