नागरिक आवाज/बुटवल, २० असोज ।
लालटिन कृषि सहकारी संस्था बुटवलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का उप सचिव श्रीकृष्ण नेपाल ले सबैको सहकार्यबाट सहकारीको हित हुने धारणा राखे ।
कृषिको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका सहकारीहरुले अन्य काम गरेको भन्दै उनले लालटिनले उपभोक्त पसल सञ्चालन लगायतका कार्य गर्नु राम्रो भएको बताए ।
नेपाल सहकारी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्ण नेपालले सहकारी को ईतिहास लामो नभएपनि यसले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव सकारत्मक भएको बताएका थिए ।
स-सानो ऋणमा उद्यमशिलताको विकास सहकारीबाट नै संभव भएको भन्दै उनले कृषि क्षेत्रको अझ थप विकासको लागि कृषि सहकारीहरुको अझै धेरै खाँचो रहेको बताए ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष पदक प्रसाद श्रेष्ठ, ढुण्डीराज पोखरेल, सहकारीका सचिव राजु पौडेल लगायतले बोलको थिए ।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बार्षिक प्र्रतिवेदन प्रस्तुत गर्दै सहकारीको स्तर अव वृद्धि गरी कृषि सहकारी बाट बहुउदेश्यीय सहकारी र कार्यक्षेत्र रुपन्देही भरी बनाउने योजना रहेको बताएका थिए ।
-
बुटवलमा लालटिन सहकारीले खोल्यो ‘उपभोक्ता पसल’
-
लालटिन कृषि सहकारीद्धारा रक्तदान
-
लालटिन कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गर्ने
-
रुपन्देहीमा शनिबार सहकारीका गतिबिधी के-के भए ? हेराै एकैठाँउ