नागरिक आवाज/बुटवल कार्तिक ८-
सैनामैना आजदेखि तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला शुरु हुदैछ ।महोत्सवको उद्घाटन प्रदेश नं ५का मुख्य मन्त्री शंकर पोख्रेलले गर्नेछन् ।
सैनामैना व्यापार संघले मेला आयोजना शुरु गर्दैछ । बुधवार मेला स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पुरा भएको बताएको हो ।
व्यापार महोत्सव यहि कार्तिक ८ गते देखि १८ गते सम्म सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुँदैछ ।
महोत्सवमा स्थानिय उत्पादन तथा व्यवसायिक सामानहरूलाई व्यापक प्रचारप्रसार गरी सैनामैना नगरपालिकालाई व्यापार ग्राम को रूपमा विकास गरिने लक्ष्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
व्यापार मेलामा २ सय १६ स्टलहरू रहने छन् । महोत्सवमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा दुग्घ जन्य पदार्थ, उनी तथा गलैचा, तयारी पोशाक, अचार उद्योग, अल्लो धागो उद्योग, रङ्गरोगन निर्माण सामाग्री, शैक्षिक तथा अन्य सेवामुलक, बैंक तथा वित्तीय संघ संस्था, ईलेक्ट्रिक तथा इलोक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ्ग, अटो मोबाईल्स लगायतका १९६ वटा स्टलहरू रहने छन् ।
यस्तै २० वटा होटल तथा रेष्टुरेन्ट स्टलहरू रहने सैनामैना व्यापार संघका अध्यक्ष एवं मेलाका संयोजक जीवनाथ पाण्डेले बताए ।
महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार तथा १ लाख पचास हजार दर्शक भित्रयाउने लक्ष्य आयोजकले लिइएको छन् ।