विष्णु खत्री/९ कार्तिक, सैनामैना
सैनामैना व्यापार संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेलाको दोस्रो दिन शुक्रबार उत्साहजन सहभागिता रहेको छ ।
मेलामा दर्शकको राम्रो सहभगिता रहेको संघका अध्यक्ष जिवनाथ पाण्डेले बताउनुभयो । उहाँले महोत्सवमा स्थानिय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
महोत्सवको दोश्रो दिन शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, गायक दिपक गरौँजा, स्थानिय कलाकार आरती रुचालले दर्शकलाई गित मार्फत छमछमी नचाएका थिए ।
यस्तै मेलामा हास्य कलाकर पुरुषोत्तम भणडारी (पुर्खेबा) ले दर्शकलाई पेट मिची मिची हसाएका थिए ।
यसैगरी मेलाको तेस्रो दिन भोली (शनिबार) सार्वजनिक विदाको दिन भएकाले दर्शकको संख्या बढ्ने संघका सचिव एवं मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले बताउनुभयो ।
शनिबार आधुनिक गायक सौगात सायर,लोक तथा दोहोरी गायिका सम्झना भणडारी,लोक तथा दोहोरी गायकद्धय सम्राट प्रजापति पराजुली, विद्यान कार्की, लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मेला सांस्कृतिक उपसमितिका संयोजक पिताम्बर न्यौपाने ( धर्म ) ले बताउनुभयो ।
महोत्सवलाई सुरक्षा प्रदान गर्नको लागि मेला स्थलमा सिसिटीभि क्यामेरा समेत जडान गरिएको सुरक्षा उपसमितिका संयोजक रिजन गहतराजले जानकारी दिनुभयो ।
उहाँले व्यवसायीहरुलाई सुरक्षाको अनुभूति गराउनको लागि मेला स्थलमा सिसिटिभि क्यामेरा जडान गरिएको उल्लेख गर्नुभयो ।
महोत्सव अन्र्तगत शुक्रबारदेखी डान्सिङ आईडल २०७५ समेत शुरु भएको छ । शुक्रवारदेखि सुरु भएको डान्सिङ आइडलमा २० जना प्रतिस्पर्धिले आफ्नो प्रस्तुति दिएको र शनिवार १७ जनाका लागि प्रतिसपर्धा रहने अतिरिक्त क्रियाकलाप संयोजक देविदत्त सुबेदीले जानकारी दिनुभयो ।
देश निर्माणमा व्यापारको आवश्यकता,व्यवसायिक हित संगै सामाजिक एकता भन्ने मुल नाराका साथ कार्तिक १८ गते संचालन हुने महोत्सव पर्रोहा माविको अगाडिको खेल मैदानमा चलिरहेको छ ।