सुरेन्द्र परियार /बुटवल, कार्तिक ११ ।
युवामैत्रि क्लब सैनामैना ६ ले एक कार्यक्रमका बिच असहाय एबं आर्थिक अबस्था कमजोर भएका व्यक्तिहरुका लागी कम्मल बितरण गरेको छ ।
नेपाल मनकामना टुर एण्ड ट्राभल्स बुटवलको सहयोग एबं युवामैत्रि क्लबको आयोजनामा नगरका वडा नं. ६,८ र ९ का गरि ३ वडाका ३६ जनालाइ सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्कीले जाडोमा ओड्ने कम्मल प्रदान गर्नुभएको हो ।
कार्यक्रम क्लबका अध्यक्ष खेमु काफ्लेको अध्यक्षता, सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्कीको प्रमुख आतित्थता एबं नगर उपमेयर बिना राना र नेपाल मनकामना ट्राभल्सकी उसा काफ्लेको बिशिष्ट आतिथ्यतामा भएको हो ।
सो कार्यक्रममा बोल्दै मेयर चित्र बहादुर कार्किले देश बिकाशमा युवाको सकृयता जरुरी भएको बताउनुभयो । उहाले नगरको बिकाशका लागी युवाहरु एक हुनुपर्ने बताउदै युवाहरुले अब उत्पादनमुलक कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
क्लबले बिभिन्न समयमा गरेका सामाजिक कामहरुको प्रषंशा गर्दै उहाले अब कृषि एबं सिपमुलक कामहरुमा युवाको सहभागिता बढाएर विकाशमा अघि बढ्न जरुरी रहेको औल्याउनुभयो । सैनामैना नगरपालिका भित्र कृषि एबं पशुपालन व्यबशाय गर्न इच्छुक युवाहरुका लागी स्थानिय तहबाट सहुलियतको सुबिधा दिइने बताउदै युवाहरुलाइ लाभान्वित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपमेयर बिना राना, वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेय लगायतले बोल्दै समाज बिकाशमा युवाहरुको भुमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
क्लबका अध्यक्ष खेमु काफ्लेले बोल्दै क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै समयानुकुल बिभिन्न कार्यक्रम गर्दै जाने बताउनुभयो ।
कार्यक्रम नगर कार्यपालिका सदस्य खड्क वि.क.,वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेय, वडा नं. ८ का वडा अध्यक्ष रामशरण न्यौपाने, वडा सदस्यहरु नेत्र बहादुर बमरेल, रेनुकान्त गौतम, मायादेवि बि.क.,देवनारायण ढकाल, पार्वति श्रेष्ठ, इंगुरिया सामुदायिक बनका अध्यक्ष केशव न्यौपाने,आपखोला खानेपानी संस्थाका अध्यक्ष टोपलाल पोखरेल, क्लबका सल्लाहकारहरु गोपाल पोखरेल, भिम बहादुर खड्का, जनकल्याण मावि, बिधालय व्यबस्थापन समितिका अध्यक्ष बुद्रिाम चौधरी, सहायक प्रध्यानाध्यापक केशवराज ज्ञवाली, टोल विकाश संस्था वडा नं. ६ का अध्यक्ष भोजप्रसाद न्यौपाने लगायतको आतिथ्यतामा भएको हो ।
जनकल्याण माबी भाटाचौरमा भएको सो कार्यंक्रम क्लबका सदस्य रामु उपाध्याय को संयोजकत्व, दिपक पोखरेलको स्वागत मन्तत्व तथा सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।
औपचारिक कार्यक्रम पश्चात, मलमला मन्दिर परिशरमा क्लबको आयोजनामा केहि महिना अगाढी बृक्षारोपण गरीएको स्थल समेत अबलोकन गरिएको थियो ।
सो अबशरमा मेयर कार्कीले धार्मिक रुपमा नगरकै ठुलो महत्व बोकेको मलमला मन्दिर परिशर विकाशका लागी स्थानिय तहबाट सहयोग हुने बताउदै विक्षारोपण गरिएको स्थान संगै ट्रस्ट निर्माणको लागी पहल हुने बताउनुभयो ।