नागरिक आवाज/६ मंसिर, रुपन्देही ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेताहरुलाइ निर्देशन दिएका छन् ।
बिहिबार भैरहवामा आयोजित नेपाली काग्रेस महासमिति बैठक सन्दर्भमा राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि प्रदेश ५ स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले केपी ओली सरकारको विरोध गर्न किन डराएको भन्दै पार्टीका नेताहरूलाई प्रश्न समेत गरे ।
पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध नगरेको भन्दै आक्रोश प्रकट गरे ।
‘नेकपाका नेता माधव कुमार नेपाल केपी ओली सरकार विरुद्ध बोलिसके, के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छन् ? नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ? उनले भने ।
सरकारको गलत कदम विरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको उनको ठहर छ ।
मुलुकमा हत्या,हिंसा बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकार फेल भएको बताए ।
सरकार अधिनायकवादतिर लम्किरहेकोले आफूहरू एक भएर अघि नबढे मुलुक संकटमा पर्ने उनले उल्लेख गरे ।
नेपाली काग्रेसले मंसिर अन्तिम साता काठमाण्डौमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न काग्रेसले सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन मंसिर ७ गते सकिदै छ । भैरहवामा भएको प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन अन्तिम रहेको केन्द्रिय सदस्य भिष्मराज आगंदाबेले जनाए ।
सुझाव संकलनमा प्रदेश नम्बर ५ का पार्टी केन्द्रिय सदस्यहरु, आमन्त्रीत केन्द्रिय सदस्यहरु, पार्टी जिल्ला सभापतिहरु, प्रतिनिधि सभाका सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेश स्तरीय सभापति वा अध्यक्षहरु, निर्वा्चित नगर प्रमुखहरु, उपप्रमुखहरु तथा गाउपालिकाका अध्यक्ष उपााध्यक्षहरु सहभागि भएका छन ।
केन्द्रले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो ।
कार्यक्रममा ३ सय ५० बढी कांग्रेस कार्यकर्ताहरु सहभागी भएको नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए ।