नागरिक आवाज/७ मंसिर ,बुटवल ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स उपाधिका लागि फाईनलमा भिड्ने भएका छन ।
शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा रोयल शंकरनगरले बुटवल डाईनामाईट माथि२ विकेट तथा दोस्रो सेमीफाईनलमा लुम्बिनी कासाईले मणिग्राम किङ्गमाथि ७२ रनको जित निकाल्दै फाईनल भिडन्त पक्का गरेका हुन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवनक्लवको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ्ग रोज्दै बुटवलले निर्धारित २० ओभरमा ६विकेटको क्षतिमा १ सय ६७रनको लक्ष्य खडा गरेको थियो । बुटवलका ओपनर ब्याट्स म्यान मृनल गुरुङ्गले ३१ र भुवन पाण्डे १५ रनमा आउट भए । देवखनालले ३५ तथा सौरभ खनाल २३ रन बनाए ।
छैटौ नम्बरमा मैदान छिरेकाबुटवलका हरि बहादुर चौहान नटआउट रहदै ३ छक्का र ४ चौकाको मद्यतले १८ बलमा ४३ रन बनाएकाथिए । शंकरनगरका रोहितपौडेल २ विकेट लिएकाथिए । ओपनर सुनिलकुमार सार्की ४७ रन, रोहितकुमार पौडेल ६४ र सुसान्तभारीले १९ रनको योगदानदिए । बुटवलका सौरभ खनाल र हरजितसिहले समान २–२ विकेट लिएकाथिए । रोयलशंकर नगरका रोहित पौडेल म्यान अफदी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार नै भएको दोस्रो सेमीफाईनलमा मणिग्राम किङ्गले टस जितेर लुम्बिनी कासाई ग्लाडियटसलाई ब्याटिङ्गको निम्तो दिएको थियो ।
लुम्बिनीकाओपनर कुशलमल्लले खराब शुरुवात गरे । उनि केवल ८ बल खेल्दै १ रन बनाएर मोहमोद हुसैनको बलमा कृष्ण कार्कीको क्याचहुनपुगे । सुमन पाण्डेले १९ र सुनिलधवलले ४८ रन बनाए । अन्तिमदुई ओभरमालुम्बिनीका रुपेश कुर्मीले २ छक्का र ३ चौकाको मद्यतले ११ बलमा २६ रन जोडेकाथिए ।
पुरै २० ओभरमालुम्बिनीले १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । मणिग्रामका अमर सिह रौटेलले ४ तथा कृष्ण कार्कीले २ विकेट लिएकाथिए ।
मध्यमलक्ष्य पछ्याएको मणिग्रामका ब्याट्स म्यानलाई लुम्बिनीका बलरहरुले क्रिजमा टिकेर साझेदारी गर्ने मौका नैदिएनन । पहिलो ओभरको पाचौ बलमानै कुशलमल्लले ओपनर इमरान खानलाई बोल्ड गरिदिए । दोस्रो ओभरमा दुर्गेश कुर्मीले अर्का ओपनर राहुल लोहारलाई केवल ६ रनमा नै बोल्डगर्दै पेभिलियन फकाईदिए। योसंगै मणिग्रामको ब्याटिङ्ग धर मरायो ।
सन्दिप रजालीले १ छक्का र ४ चौकाको मद्यतले ३२ बलमा ३० र नवौ नम्बरमा मैदान छिरेका मोहमद हुसैनले १३ बलमा नटआउट ११ रनबाहेकअन्य ब्याट्स म्यान चल्न सकेनन । मणिग्रामका ब्याट्सम्यान १९ ओभरमा केवल७९ रनमा समेटिएको थियो । कम स्कोरमा समेट्न लुम्बिनीका रुपेश कुर्मीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएकाथिए ।
यसैगरि कुशलमल्लले ३ ओभरमा १० रन खर्चेर २ मेडलसहित १ विकेट तथादुर्गेस कुर्मी, प्रदिपजयसवाल र महेशपतिमिश्राले समान २–२ विकेट लिएकाथिए । लुम्बिनीका रुपेश कुर्मी म्यान अफदी म्याचबाट पुरस्कृत भए ।फाइनल भोली बिहान ११ बजेदेखि शुरु हुनेछ ।