नागरिक आवाज/वुटवल, मंसिर १२ ।
गत साउन २० गते भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यू भएका धनुषाका २३ बर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन ।
सोही अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी समेत रहेका शाहको उपचारमा अस्पतालले गम्भिर लापरवाही गर्दा मृत्यू भएको परिवारको भनाई छ ।
रिर्पोटस क्लबप्रदेश ५ बुटवलले बुधबार गरेको साक्षात्कार कार्यक्रममा पिडितशाहका परिवारले न्यायनपाएको गुनासो गरेकाहुन । महादेवका भाई अविनास शाहले सम्पत्ति बेचेर दाजूलाई पढाइएकाबताउँदै अहिले परिवारमाविचल्लीभएको बताए ।अस्पतालले छानविन समितिको प्रतिवेदन समेत लागू नगरेको भन्दै दाजूको पढाईमा लागेको खर्च उपलब्ध गराउनुपर्ने परिवारको माग छ ।
‘अस्पतालले छानविन गरेर क्षतिपूर्ती दिने सम्झौता गरेको थियो, महिनौं वित्दापनिअस्पतालले हाम्रो कुरा सुनेन’उनले भने ।
शाहको मृत्यूपछि अस्पतालमा अध्ययनरत विद्यार्थीहले आन्दोलन चर्काएकाथिए । आन्दोलनकाक्रममा केहि सञ्चारकर्मीको क्यामेरामा समेत तोडफोड भएको थियो । मेडिकलकलेजमा विद्यार्थी शाहको मृत्यूको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले छानविन समिति गठन गरेको थियो ।
उक्त छानविन समितिले अस्पतालले उपचारमा लापरवाही गरेकाले प्रचलितकानुनअनुसार उचित क्षतिपूर्ती दिन अस्पताललाई निर्देशन दिइएको थियो । छानविन समिति बुझाएको लामो समयसम्म पनि पिडित परिवारले न्यायनपाउनु दुःखदभएको छानविन समितिका सदस्य एंव इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीले बताए । उनले प्रशासनको तर्फबाट पहल भइरहेको तर अस्पताल प्रशासनले पिडित परिवारबाटकुनै मागन भएको भन्दै आलटालगर्दा ढिलाई भएको बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का प्रमुखपवनभट्टले मेडिकल विद्यार्थी नै उपचारमा लापरवाहीभएर मृत्यू हुने कुरा सामान्य नभएको भन्दै अस्पतालले लापरवाही गरेको बताए ।
उनले तत्तकाल पिडित परिवारलाई राहात दिन अस्पताललाई आग्रह गरे । नेपाल मेडिकल काउन्सिलका सदस्यडा. कृष्ण खरेलले प्रतिवेदनअनुसार अस्पतालले पिडितलाई न्यायदिनुपर्ने बताउँदै चिकित्सकको लापरवाही भए कारवाही गर्न आफूहरु तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीकाउपाध्यक्ष एंव अस्पताल घटनाको छानविन समितिका सदस्य दिनेश पाण्डेले उपचारमा अस्पतालमा धेरै कमजोरी भएको पाइएकाले छानविन समितिको प्रतिवेदन अनुसार अस्पतालले पिडित परिवारलाई न्याय दिनुपर्ने बताए । उनले पत्रकारमाथि भएको आक्रमण र उपकरणको क्षतिपूर्ती दिने सम्झौता भएको समेत बताए । कार्यक्रम रिर्पोटस क्लबप्रदेश ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।