नागरिक आवाज/मंसीर १२ कपिलवस्तु
वाल संरक्षण र लैंगिक हिंसामा जनप्रतिनिधि सचेत बन्दै गएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका जनप्रतिनिधिहरु वाल संरक्षण र लैंगिक हिंसा न्युनिकरण अग्रसर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
नमुना एकीकृत विकास परिषदले नगर भित्रका १२ वटै वडामा गरेको सर्वेक्षणको विषयमा छलफल गर्दै कृष्णनगर नगरपालिका भित्र अझै पनि सवै वालवालिकाहरुले समयमा जन्मदर्ता नबनाएको पाइएको छ ।
औधोगिक क्षेत्र रहेको हुदाँ वालश्रमको उच्च जोखिमा रहेको समेत पाइएको छ ।
अशिक्षा र गरिविका कारण वालवालिकाहरु वालश्रम गर्न वाध्य रहेको जनाउदै यसलाई कमि ल्याउन सवै सजग हुनुपर्नेमा जोड दिइएको छ ।
जनप्रतिनिधिहरुको लागी आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रमको सहजकर्ता देव भण्डारी सर्वेक्षणको तथ्याङक वताउदै ९५ प्रतिशत महिलाहरु कुनै न कुनै हिंसामा परिरहेको जनाए ।४० प्रतिशत महिलाहरुले हिंसा विविध कारण लुकाउने गरेको तथ्याङक रहेको छ ।
महिलाको तुलनामा यस नगरपालिकामा पुरुषहरुको वढी वालविवाह हुने गरेको वताइएको छ । शिक्षा र आर्थिक शसक्तिकरण नहुदा यस्तो समस्या भोग्नुपरेको वताउदै कृष्णनगर नगरपालिकाका प्रमुख प्रशाासकीय अधिकृत षड कुमार पोख्रेल नगरभित्रका यि समस्याहरुलाई न्युनिकरण गर्न सवैले सहयोग गर्नुपर्ने वताए ।
नगरले वालवालिका र महिलाहरुको लागि उच्च प्राथमिकता दिएको वताउदै गलत गर्नेलाई कारवार्हि गर्न तयार रहेको तर धेरै हिंसाहरु महिलाहरुले लुकाउने गरेको वताए ।हिंसा लुकाउदा त्यसले ठुलो समस्या निम्त्याउने वताउदैँ सम्वन्धित व्यक्ति तथा निकाय लाई जानकारी गराउनु पर्ने जनाए ।
कार्यक्रममा सहजिकरण गर्दै युनिसेफका राजु खनालले बालवालिकाहरु हिंसामा परेको जनाउदैँ हिंसाको परिणाम धुर्मपान,मद्यपान सेवन,योन सम्वन्ध,आत्महत्या जस्ता रहेको वताए ।कृष्ण्ननगर जनगरपालिका सगै कपिलवस्तुका ३ वटा स्थानिय तहरुमा न्युनिकरणको लागी अभियान संचालन गरेको वताउदै जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा विशेष ख्याल राख्न आग्रह गरे ।
त्यस्तै नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले कपिलवस्तुमा जिल्लामा मात्र ५० जना वालवालिकाहरु एच आई भि एड्स देखा परेको वताईन ।
पौडेलले वालवालिका र महिलाहरुलाई शारिरिक सगै मानसिक हिंसा भइरहेको जनाईन । कृष्णनगर नगरपालिका कृष्णनगरमा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा उपमेयर शवनम खातुन, प्रमुख पशााककिय अधिकृत, प्रहरी निरीक्षक, लगायत १२ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको सहभागीता रहेको थियो ।