नागरिक आवाज/बुटवल,मंसिर १८ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका-३ हेडवर्क्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल नदीमा खसेको थियो । दुर्घटनामा पाल्पाको तानसेन(९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । घटना मंगलबार बिहान पौने ६ बजेको हो ।
दुर्घटनाको कारण खुलेको छैन । क्षेत्रीकाे शब फेला परेको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj