Loading...

सिद्धार्थ राजमार्ग आज अपराह्न ४ बजेपछि खुल्ने

बुधबार, मंसिर १९, २०७५
  • नागरिक आवाज
  • नागरिक आवाज/बुटवल,मंसिर १९ ।

    ३ दिनदेखि बन्द  रहेको सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आज ४ बजेदेखि सुचारु हुने भएकाे छ ।मंसिर१७ गतेदेखि  आजसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत गर्नका लागि यो सडक खण्डको आवागमन प्रभावित भएकाे थियाे  ।

    तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुंगा फुटाएर हटाउनुपर्ने भएकाले  सडक बन्द गरिएकाे थियाे ।

    अत्यावश्यकीय एम्बुलेन्स लगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । निर्वाध चल्न पाउनेछन् ।

     सिद्धार्थ राजमार्गको मर्मत ३ दिन,बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार