+
Search

ताजा अपडेट +

पपुलर +

कविता: रजस्वला

नागरिक आवाज
२०७८ असार १९, शनिबार ०८:४३ गते

म१३ बर्ष कि किशोरी हुदाँ
म महिनावारी भएको बेलामा
मलाई घरदेखि अलग्गै राखिएको थियो।
घरको धुरि सम्म हेर्नू हुदैन भनिन्थ्यो
दाजुभाइको अनुहार पनि हेर्न नहुने ,
चन्चले उमेर दाजुभाइसग
झगडा नगरि चित्त नबुझ्ने
आमाबुबाको आँखा छलेर
लुकिलुकि घरमा त आउथे
जुन बाटो आइथिस
त्यहि बाटो फर्केर जा
भन्नुहुन्थ्यो

कष्टकर बसाइँ पहिलो महिनावारि
भएको बेलामम, त्यहि पनि डर लाग्थ्यो
रगतको खोला बग्थ्यो
जाडोको बेलामा
अनि बाहिर निस्कन पनि नसक्ने
अनि सोच्थे मैले त यो पीडा खप्नुपर्यो
अरुले खप्नु नपरोस भन्थे

त्यो गाउँ
त्यो ठाउँका
रुख बिरुवा बढेर सबै मरिसके,नयाँ बोट
उम्रिदै छन्
त्यो कुवा सुकिसक्यो जहाँ महिनावारी भएकोले मात्रै
नुहाउथे अलग्गै बनाइएको थियो
अहिले घरघरमा धारो आएको छ
कुवा जानै पर्दैन

सबै गाउका घरघरमा परालको
छानो थियो। अहिले टिनले सजिएको छ
घरघरमा बिजुलि बत्ति छ
सबै कुराको विकास त भयो
महिनावारीको चलन उस्तै छ

देशले अनुहार फेर्यो
मान्छे मरिरहेका छन्
जन्मिरहेका छन्
मान्छेको सोच फेरिएको छैन
पाप र धर्म को कुरा हुन्छ
अझ महिनावारी भएकि महिलाले
कसैलाई छोयो भने बिरामि हुन्छन् रे
फलानि कपाल नुहाउने भकि थि
मलाई छुइ अनि मेरो हात गोडा करकरि खान थालो भनेर हिड्छन रे गाउँमा

ए महामाता ! हजुरको गोरो अनुहार कालो भइसक्यो
लहरै मिलेका दात झरेर थोते भइसक्नुभयो
कालो कपाल सेतो भइसक्यो
त्यो किन त्यो कालो सोच बदल्नुहुन्न्
संसारले चन्द्रमा छोइसक्यो
तर यहाँ अझै पनि
मान्छेले मान्छेलाई छुनु हुदैन् भनिन्छ
यो कालो सोचमा सुधार नहुने भयो कहिले पनि
मेरै जस्तो पीडा सहिरहेका छन्
अहिले महिनावारी हुने किशोरिले पनि
रजस्वलाको पीडा सहिरहेका छन् ।

भोजपुर गोगने र हाल मोरङ्ग

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज