भोजपुुर । केहि वर्षअघिसम्म भोजपुर बोखिम, ढुंगेका स्थानीयबासीको घरलौरी नै खानेपानीका मुहान र धारा हुन्थे । खानेपानीको जोहो गर्न अन्यत्र जानुपर्थेन । घरघरमै बनाईएका पक्की धाराधारामा मुहानका पानी सोझै आउँथे । तर केहि वर्षयता पानीका मुहानहरु सुक्न थालेपछि दिनचर्या बदलिएको छ । ती पक्की धाराहरु बेबारिसे अवस्थामा छन् । खानेपानी पहिले जस्तो सुलभ छैन । धेरै मुहान सुकेकाले सिमित मुहानको पानी गाउँमा बाँडिचुँडी चलाउनुपरेको छ । गाउँलेहरु पालो पर्खेर पानी भर्ने र धाउने गर्छन् ।
सुख्खायामका कारण भोजपुरका धेरैजसो ग्रामीण बस्तीहरु पानीको समस्याले वर्षेनी थलिने गरेका छन् । घण्टौ धाएर, लामो पालो कुर्दाकुर्दै दिन वित्ने गर्दछ । भोजपुरको रामप्रसादराई गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकाका धेरै ग्रामीण क्षेत्रमा सुख्खायाममा खानेपानीको हाहाकार हुने गर्छ । वैकल्पिक स्रोतका लागि खोलाबाट लिफ्टीङ र डिप बोरिङ गरेर मानेभञ्ज्याङ, सानोदुम्मा, वास्तिम, च्याङ्ग्रे, याकु लगायत केहि ग्रामीण क्षेत्रमा खानेपानीको आपूर्ति गरिएको छ ।
बढ्दो सुख्खायाम र खानेपानी समस्याले गाउँबस्तीहरु रित्तिन थालेका छन् । मुहान र धाराहरु सुकेर खण्डहर बनेका छन् । ‘दशपन्ध्र वर्षअघिसम्म घरको धारामा पानी आउँथ्यो, घरलौरी जस्तै मुहान हुन्थे, तर अहिले मुहानै सुकेर एउटै मुहान चलाउनुपरेको छ’ स्थानीय सम्मर तामाङले सुनाए, ‘सबै गाउँलेले चलाउने एउटै मुहानको पानी पर्याप्त पनि हुँदैन जसोतसो दैनिकी गुजारा चलेको छ, गाईबस्तुलाई खुवाउन पनि पर्याप्त छैन’
सुख्खायामका कारण भोजपुरका धेरैजसो ग्रामीण बस्तीहरु पानीको समस्याले वर्षेनी थलिने गरेका छन् । घण्टौ धाएर, लामो पालो कुर्दाकुर्दै दिन वित्ने गर्दछ । भोजपुरको रामप्रसादराई गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकाका धेरै ग्रामीण क्षेत्रमा सुख्खायाममा खानेपानीको हाहाकार हुने गर्छ ।
वैकल्पिक स्रोतका लागि खोलाबाट लिफ्टीङ र डिप बोरिङ गरेर मानेभञ्ज्याङ, सानोदुम्मा, वास्तिम, च्याङ्ग्रे, याकु लगायत केहि ग्रामीण क्षेत्रमा खानेपानीको आपूर्ति गरिएको छ । डिप बोरिङ खर्चिलो भएकाले अहिले त्यो कामलाई बन्द गरिएको छ भने जरायोटार, मानेभञ्ज्याङ लगायतका क्षेत्रमा लिफ्टिङबाट खानेपानी पु¥याईएको छ ।
सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घट्नाले भोजपुर सदरमुकाममै पनि खानेपानी समस्या हुने गर्छ । पानी कम भएपछि खानेपानी वितरणको समयतालिका तोकिने गरिएको छ । करिब १६ सय घरधुरी उपभोक्तालाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक ३ लाख लिटर बढि मात्रै पानी वितरण गरिरहेको छ । दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले प्याकेजमा समयान्तराल मिलाएर खानेपानी वितरण गरिरहेको जनाएको छ । समितिका सचिव घमचन्द्र दाहालका अनुसार सुख्खा खडेरीका कारण तिनभंगाले खानेपानी मुहानको खानेपानी कम आएकाले पर्याप्त पानी वितरण गर्न नसकेको बताए ।
मुहान किनेर पानीको जोहो
भोजपुर दिङ्ला बजारका घनश्याम श्रेष्ठ, हेमराज श्रेष्ठ, खिलराज श्रेष्ठ र डुन्डी श्रेष्ठले २०÷२० हजार रुपैयाँ उठाएर खानेपानी मुहान खरिद गरे । षडानन्द–८ तुंगेछास्थित पोष्टबहादुर चापागाईंका नाममा रहेको खानेपानी मुहानलाई उनीहरूले ८० हजारमा लगाएर किनेका हुन् । पानी उम्रिएको चार आना जमिन किनेपछि मात्र श्रेष्ठ दाजुभाइले खानेपानी जोहो गर्न सके । ‘जग्गाधनीले पानी लैजानका लागि मुहान र वरपर रहेको जग्गा किन्नै पर्ने सर्त राखे’, हेमराजले भने, ‘हामीसँग कुनै विकल्प भएन । खानेपानीको संकट टार्न पनि मुहान खरिद गरेर घरसम्म पाइपमार्फत पानी ल्यायौं ।’
दिङ्लाकै २२ परिवारले पनि मिलेर मुहान भएको १२ रोपनी जग्गा स्थानीय प्रेमनाथ चापागाईंसँग किने । जग्गा नकिने पानी उपभोग गर्न नपाइने भएपछि उनीहरूले ३० लाख रुपैयाँ संकलन गरे । तीन किलोमिटर पर रहेको मुर्कुटे धाराको मुहान भएको जग्गा खरिद गरिएको स्थानीय पवन कुलुङले बताए । प्रतिपरिवार १ लाख ३६ हजार रुपैयाँभन्दा बढी प¥यो । पानीको स्रोत नहुँदा वैकल्पिक उपायका रूपमा मुहान भएको जग्गा किनेर घर–घरमा धारा पु¥याइएको उनले सुनाए ।
‘पानीका लागि हामीसँग अन्य विकल्प थिएन । खानेपानी पाउन नसकेर तनाव बेहोर्नुप¥यो’, उनले भने, ‘गाउँघरमा जग्गाधनीसँग मुहान किन्नु हाम्रो बाध्यता हो । मुहान किनेर ल्याएको पानी प्रयोग गर्ने गरिएको छ ।’ केउरेनीपानी खानेपानी उपभोक्ता समितिले पनि २०७३ मा किमालुङ, खार्तम्छा र तुंगेछाको सिमानामा पर्ने खहरे खोलाबाट खानेपानी ल्याउन योजना ल्याएको थियो । २०७६ भित्र बजारमा पानी आपूर्ति गर्ने लक्ष्य छ । मजदुरको ज्यालाका लागि उपभोक्ता समितिका ३ सय ६० परिवारबाट १ हजार २ सय ३० रुपैयाँका दरले रकम संकलन गरिएको तत्कालिन योजना समितिका अध्यक्ष जितेन्द्र श्रेष्ठले बताए ।
लिफ्टिङले मेट्यो वर्षौदेखिको तिर्खा
लिफ्टिङ प्रविधिबाट खानेपानी आपूर्ति पुगेपछि समस्याग्रस्त रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्र सहज बनेको छ । खानेपानी संकटका कारण सयौँ घरबस्ती बसाईँ गएको मानेभञ्ज्याङ, दलगाउँ, रानीबास, होम्ताङ जस्ता सुख्खा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आपूर्ति गरिएको हो ।
रामप्रसाद राई गाउँपालिकाको वडा नं. ५ मानेभञ्ज्याङ र वडा न. ४ दलगाउँमा खानेपानी समस्या हल गर्न करिब दुईवर्षअघि लिफ्टिङ योजना ल्याईएको थियो । सुख्खाका कारण त्यस क्षेत्रका खानेपानीका मुहान, कुवा र धाराहरु सुक्न थालेपछि जनजीवन एकदमै कष्टकर थियो । खानेपानी संकट टरेपछि गाउँ नै हराभरा हुने स्थानीय तिलाचन बलले बताए । नयाँ प्रविधिको लिफ्टिङबाट खानेपानी पुगेपछि वर्षौदेखिको खानेपानीको जोहो गर्ने सास्ती हटेको उनले सुनाए । ‘एक घर एक धारा’ अवधारणासहित गाउँपालिकाको पहल र संघिय सरकारको आर्थिक सहयोगमा १२ करोड ४० लाख लागतको उक्त खानेपानी आयोजनाले जनताको कष्टकर दैनिक जिवनयापन फेरिएको छ । यस प्रबिधिबाट पु¥याईएको उक्त खानेपानीले मानेभञ्याङका ४ सय २० घरधुरी लाभान्वित रहेको पिखुवा खोला मानेभञ्ज्याङ सोलार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले बताए । पिखुवा खोलादेखि ३२ सय मिटर माथि राखिएको लामाआल वितरण केन्द्रबाट बिहान ४ घण्टा र बेलुकी २ घण्टा वितरण भैरहेको छ ।
यस्तै गाउँपालिकाको वडा नं. ४ दलगाउँमा पनि १ करोड ३ लाख रुपैयाँको लागतमा लिफ्टिङ योजना सम्पन्न भएको छ । आयोजना अन्तर्गत १ सय ६ घरधुरी लाभान्वित भएको भुमेथान लिफ्टिङ खानेपानी आयोजना समितिका अध्यक्ष बलराम श्रेष्ठले बताए । स्थानीय सभुवा खोलादेखि ५ सय मिटर दुरीको सहेलँेबाट खानेपानी वितरण गरिएको छ ।
हतुवागढी गाउँपालिकाको वडा नं ४, खैराङमा पनि लिफ्टिङबाट खानेपानी ल्याउने काम भईरहेको गाउँपालिकाले जनाएको छ । वडा नं १ र २ रानीबासमा पर्ने स्थानीय कावाखोलाको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्नेगरि लिफ्टिङ प्रविधिको काम थालिएको हतुवागढी लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष बलबहादुर मगरले जनाए । कुल १६ करोड ५१ लाख लागतमा सम्पन्न हुने उक्त योजनाले करिब एक हजार घरधुरी लाभान्वित हुने समिति अध्यक्ष मगरको भनाइ छ । उक्त कावाखोलाबाट करिब ५ किलोमिटर माथि खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।
गाउँपालिकाकै वडा नं. ५ र ६ होम्ताङमा पनि २२ करोडको लागतमा निर्माण सम्पन्न गर्नेगरि लिफ्टिङ प्रविधिकै खानेपानीको प्राविधिक पूर्वाधारको काम भईरहेको छ । पिखुवा खोलाबाट लिफ्टिङ गरि ल्याईने उक्त खानेपानी आयोजनाबाट झण्डै ११ सय घरधुरी लाभान्वित छन् ।
प्रतिक्रिया