काठमाडौं । एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका प्रवासी नेपालीहरूले पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।
मौसमको उपचारका लागि बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग सङ्कलन गरेर पठाएका थिए ।
उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदर राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् ।
मौसमलाई बचाउन केदार राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।
मुटुका बिरामीलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग
२०८२ श्रावण ११, आईतवार १५:५५ गते

प्रतिक्रिया