भाेजपुर । कम बेरुजु हुने स्थानिय तहमा रामप्रसादराई गाउँपालिका कोशी प्रदेशकै पहिलो बनेको छ । ०.१२ प्रतिशत मात्रै बेरुजु अर्थात शुन्य बेरुजुको नजिक भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको हो ।
महालेखा परिक्षकले सार्वजानिक गरेको ६२ औँ प्रतिवेदनका आधारमा यस पालिका बेरुजु कम हुने गाउँपालिकाहरु मध्ये प्रदेशकै पहिलो भएको हो । देशभरीका ७ सय ५३ ओटा स्थानिय तहहरुमा यो ९ औँ स्थानमा रहेको छ । भौत्तिक विकाससंगै सामाजिक विकास र शुसासनलाई प्रथामिकतामा राखेको यस पालिकाले यस अघि संस्थागत क्षमता मुल्याङ्कन (LISA) मा ९३ प्रतिशत र स्थानिय तह शुसासन जोखिम मुल्याङ्कन ( FRA) मा ८५.५ प्रतिशत ल्याउँदै जिल्लाकै प्रथम स्थानिय तह बनेको थियो । बेरुजु शुन्य उन्मुख हुने प्रदेशकै प्रथम स्थानमा आफ्नो पालिका परेपछि गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले देशकै पहिलो हुने लक्ष्य सहित पालिका अगाडी बढीरहेको प्रतिकृय दिएकाछन् । उनले भनेका छन्, हाम्राे पालिकाको सम्पुर्ण टिम शुसासन कायम गर्न कटिबद्ध छौँ पालिकाको उपाध्यक्ष लगायत जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत यसको श्रेय दिन चाहन्छु आगामी दिनमा समेत हामी यसरीनै यो स्पिड कायम गर्ने छौँ भन्ने विश्वास लिएको छु ।
प्रतिक्रिया