+
Search

ताजा अपडेट +

पपुलर +

षडानन्द नगरपालिका ४ नं. वडाको सार्वजानिक सुनुवाई सम्पन्न 

माेहन तामाङ
२०८२ जेष्ठ ११, आईतवार १९:१४ गते

भोजपुर । षडानन्द नगरपालिका वडा नं. ४ को सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । वडाले आज वडा कार्यलयमा सार्वजानिक सुनुवाई सम्पन्न गरेको हो । वडामा राजस्व बाँडफाँड संघ र प्रदेश तर्फको १० लाख ८० हजार र समानिकरण अनुदान तर्फको २५ लाख ५२ हजार ५ सय ४६ रुपैँया बजेट छुट्याएको हो ।

वडाले हालसम्म राजस्व बाँडफाँड तर्फको ६ लाख ४२ हजार ७ सय ९० रुपैँया ५९.५१ प्रतिशत र समानिकरण अनुदान तर्फको १३ लाख ८४ हजार ३ सय १० रुपैयाँ ५४.२३ प्रतिशत खर्च भईसकेको समेत वडाध्यक्ष राज कुमार तामाङले बताए ।

वडाले चालू आर्थिक बर्षमा गरिब बिपन्न तथा पिछडीएका समुदायलाई जस्ता पाता वितरण कार्यक्रम सबै भन्दा ठुलो योजना बनाएको थियो । जसमा १५ घर परिवारले यस आर्थिक बर्षमा जस्ता पाताको छाना ७ लाखले लगाएका छन् । त्यस्तै वडाले ३ लाखको वडा कार्यालय घेराबारा, २ लाखको भकारो सुधार तथा शारदा आधारभुत विद्यालय व्यवस्थापनमा २ लाख ३४ हजार जस्ता केहि महत्वपुर्ण योजनाहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

माेहन तामाङ