+
Search

ताजा अपडेट +

पपुलर +

धनकुटा बस दुर्घटना अपडेटः घाइते १ महिलाको मृत्यु, १३ जनाको उपचार हुँदै (नामावली)

नागरिक आवाज
२०८२ बैशाख २२, सोमबार १३:४१ गते

धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी धनकुटा नगरपालिका–६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका–६ गोलाई नजिकै आज बिहान बस दुर्घटना भएको हो । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ को गोलाई भन्ने ठाउँमा सडकबाट खसेर ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ। बाँकी नौ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
गम्भीर घाइते चार जनालाई बीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइते नौ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यी हुन् घाइते
१. भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि २० को सुर्यमणी तामाङ ।
२. सोही ठाउँका अनमोल तामाङ।
३. सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ को कृष्ण राउत ।
४. बस चालक जिल्ला सुनसरी धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङलाई जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको। सामन्य उपचार पश्चात बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ ।
५. भजपुर पौवादुम्बा गापा वडा नम्बर ३ च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ ।
६. भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष २४ की सविना बराइली ।
७. भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक ।
८. धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राईको विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ ।
९. भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ ।
१०. जिल्ला सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष राई ।
११.धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार विक ।
१२. भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठलाई विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ ।
१३. धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ६० की दिर्घ माया राई ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज