धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङको विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसअघि, धनकुटा नगरपालिका–६ बस्ने वर्ष ७३ की कृष्णकुमारी राई (भुजेल)को उपचारको क्रममा मृत्यु भएको थियो ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ को गोलाई भन्ने ठाउँमा सडकबाट खसेर ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ। बाँकी नौ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
गम्भीर घाइते चार जनालाई बीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइते नौ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटा बस दुर्घटना अपडेटः बस चालकको उपचारका क्रममा मृत्यु, मृतकको संख्या दुई पुग्यो
उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना
२०८२ बैशाख २२, सोमबार २१:१७ गते

प्रतिक्रिया