धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । धरानबाट भोजपुरका लागि जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ , गाेलाई नजिक दुर्घटनामा परेकाे थियाे ।
यसैबीच, सख्त घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे मृत्यु भएको जनाइएको छ ।
घटनामा परी सख्त घाइते भएकी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेल र बस चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको हिजो बेलुका मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको खनालले बताए ।
प्रतिक्रिया