भोजपुर । भोजपुरमा लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–७ स्थित २४ वर्षीय संजय राई, सोही स्थानका १९ वर्षीय मौसम राई, भोजपुर–९ का २० वर्षीय रेन्जी शेर्पा, भोजपुर–५ का २० वर्षीय संगित राई, भोजपुर–७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई र भोजपुर–६ का २९ वर्षीय दिपेश राई छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका–७ स्थित संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर, १८ ग्राम गाँजा र ७० हजार नगद बरामद गरेको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरमा लागूऔषधसहित सात जना पक्राउ
२०८२ बैशाख २९, सोमबार १८:२२ गते

प्रतिक्रिया