भोजपुर । शैक्षिक गुणस्तर अभिबृद्धिमा टेवा पुर्याउने उद्देश्यले रोटरी क्लब अफ राजधानी काठमाडौँले भोजपुरस्थित एक विद्यालयलाई डेढ लाख बराबरको शैक्षिक सामाग्री सहयोग गरेको छ ।
अमाली गर्जसिंह स्मृति कोष कोट दधिपुर भोजपुरको समन्वयमा क्लबले बुधबार भोजपुर नगरपालिका ५, बोखिमस्थित स्थानीय जगदीश्वरी आधारभूत विद्यालयलाई एकलाख ५८ हजार बराबरको डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरेको हो ।
आधुनिक सूचना तथा सञ्चारको जगतबाट विद्यालयीय शैक्षिक गुणस्तरलाई उकास्ने लक्ष्यका साथ सहयोग प्रदान गरेको क्लबका प्रदिप श्रेष्ठले बताए । विशेषगरि टेम्के मैयुङ गाउँपालिका ७ कोट, भोजपुर निवासी अमाली गर्जसिंह श्रेष्ठको सन्तति अर्थमन्त्रालयका उपसचिव युवराज श्रेष्ठको पहलमा क्लबले विद्यालयमा सहयोगको वातावरण सिर्जना गरेको क्लबका सदस्य मिथिलेस कुमार झाले जानकारी दिए ।
विद्यार्थीको दैनिक सिकाइमा सहजता र गुणस्तर अभिबृद्धिका लागि प्राप्त उक्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर थप सहयोग पुग्ने प्रधानाध्यापक विद्यालक्ष्मी शाक्यले सुनाईन् । बालबालिकालाई आधुनिक सूचना र सञ्चारयुक्त सिकाइ दिँदा शिक्षण सिकाइ पनि थप प्रभावकारी हुने उनले सुनाईन् ।
विद्यालयलाई डेढलाख बराबरको स्मार्टबोर्ड सहयोग
विद्यालयलाई डेढलाख बराबरको स्मार्ट बोर्ड सहयोग
२०८२ जेष्ठ २१, बुधबार २१:२१ गते

प्रतिक्रिया