धरान । धरान उपमहानगरपालिकामा दुईपक्ष्विच लफडा सुरु भएको छ। मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर आइन्द्रबिक्रम बेघा बीचको विवादका कारण उपमहानगरमा तनाव सिर्जना भएको छ।
सोमबार धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका थिए। त्यसपश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन्। त्यसपश्चात आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनाव ग्रस्त छ।
दुबै समूहका दर्जनौं कार्यकर्ताहरू अहिले उपमहानगरपालिकामा आएर नाराबाजी र एक अर्काविरुद्ध आक्रमणको प्रयास गरिरहेका छन्। दुबै तर्फका कार्यकर्ताहरूलाई इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहारी कार्यालय धरानका प्रहरी नायव निरीक्षक रुद्र खड्का नेतृत्वको प्रहरी टोली आएको छ।
मेयर साम्पाङ र उपमेयर बेघाविचको विवादले धरान तनावग्रस्त
मेयर साम्पाङ र उपमेयर बेघाका समर्थकविच मुडभेट
२०८२ असार ३, मंगलवार १७:३८ गते

प्रतिक्रिया