भाेजपुर । कोशी प्रदेशकासङ्गै भोजपुरमा पनि ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरको संयुक्त आयोजनामा शुक्रबारबाट सप्तहब्यापी कार्यक्रम शुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख (डिएसपी) युवराज तिमल्सिनाको अध्यक्षता तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको छ ।
सवारी दुर्घटना न्युनीकरण गर्ने उद्धेश्यले ट्राफिक सप्ताह कार्यक्रम गरिएको प्रहरी सहायक निरिक्षक सुशिल विश्वासले जानकारी दिनु भयो । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आज पहिलो दिन भोजपुर सदरमुकाम स्थित जिरो प्वाइन्ट गेटबाट प्रभातफेरि आयोजना गरी च्याङ्वेनी चोक हुदै भोजपुर नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गरिएको प्रहरी सहायक हवल्दार बेनी प्रधानले बताउनुभयो ।
ट्राफिक सप्ताह कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी दिनुका साथै सडक लेन अनुशासन, जनचेतनामुलक होडिङ बोर्ड राख्ने, मापसे कक्षा संचालन, सवारी चालकहरुलाई मोबाइल फोनको प्रयोगबाट हुन सक्ने दुर्घटनाका विषयमा जानकारी दिइने प्रहरी सहायक हवलदार प्रधानले जानकारी दिनुभयो ।
यस्तै, मालबाहक तथा यात्रुबाहक गाडीमा लेखिएका अनावश्यक सायरी तथा स्टिकर हटाउने, महिला हिंसा दुव्र्यबहार सम्बन्धि उजुरी गर्ने क्युआर सहितको स्टिकर गाडीमा टाँस्ने लगायत कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सप्ताह कार्यक्रम असार १२ गते सम्म संचालन हुने छ ।
कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया