भोजपुर । गएराति भोजपरको रामप्रसादराई २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । घटना स्थलको प्रहरी मुचुल्क तयार गरिएपछि सवहरुलाई पोष्टमार्टमको लागि ल्याइएको हो ।
भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ बर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । चार जनाको हत्यापछि अभियुक्तले नै घटना विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।
हत्यामा सम्लग्न राई पनि घाइते रहेकाले जिल्ला अस्पताल भोजपुरमा उपचार पश्चात थप उपचारको लागि बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अभियुक्त राई करिव दुई साता बढीबाट ससुरालीमा बस्दै आएको स्थानीयबासीले बताएका छन् ।
चार छोरा र दुई रहेका गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाण्डौमा बस्दै आएकाले उनीहरु आएपश्चान दास संस्कार गरिने परिवारिक श्रोतले जनाएको छ ।
भोजपुर घटनाः मृतक चार जनाको सव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइयो
२०८२ असार २२, आईतवार १८:३५ गते

प्रतिक्रिया