भोजपुर । भोजपुर प्रतिभा पुरस्कार २०८१ प्रेम शाक्यलाई प्रदान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले टक्सारमा एक कार्यक्रम गरि प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले उक्त पुरस्कार हस्तान्तरण गरेको हुन् । यस पुरस्कारको राशी २२ हजार २ सय २२ रुपैया रहेको छ ।
वि.सं. २०४५ सालदेखि वाद्यवादकको रुपमा अनवरत क्रियाशील शाक्य विशेषतः नेवारी समुदायमा प्रचलित वाद्य सामाग्री खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला आदिका गुरुको रुपमा नेवारी, कला र सस्कृतिको संरक्षण र सम्वर्दनमा योगदान गरेवापत यो पुरस्कार प्रदान गरिएको पुरस्कारका संरक्षक अमृका ताम्राकारले बताउनुभयो ।
शाक्यले नेवारी वाद्य सामाग्री बजाउँने शीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण गराउँदै आएका छन् । उनले एकदर्जन बढी ज्ञानमाला भजनमा संगीत समेत दिएका छन् ।
२०१७ सालमा जन्मिएका शाक्य भोजपुर नगरपालिका–१२, टक्सारका बासिन्दा हुन् । त्रिवेणी साहित्य प्रतिष्ठान,भोजपुरले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य,कला र संगीतमा योगदान गर्ने ब्यक्तित्वहरुलाई समर्पित गर्दै आएको र यस अघि भोजपुर प्रतिभा पुरस्कार २०७९ मोक्तान भाइलाई, २०८० मा इन्द्रसुर बेल्टारेलाई प्रदान गरिएको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले जानकारी दिनुभयो ।
भोजपुर प्रतिभा पुरस्कार २०८१ द्धारा प्रेम शाक्य सम्मानित
२०८२ असार २२, आईतवार २०:४६ गते

प्रतिक्रिया