+
Search

ताजा अपडेट +

पपुलर +

भोजपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

नागरिक आवाज
२०८२ असार २५, बुधबार २०:२२ गते

भोजपुर । भोजपुरको छुट्टाछुट्टै स्थानमा चट्याङ्ग पर्दा एक मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
घरैमा बसी रहेको समयमा चट्याङ पर्दा साल्पासिलिछो गाउँपालिका–३, तालखर्कका ४२ वर्षिया आशाराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । मंगलवार राती चट्याङको झड्का परी बेहोस भएका राईको घरमै मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, भोजपुर नगरपालिका–३, वछला चप्लेटी टोल बस्ने गोपीनारायण प्रधानको घर नजिक परेको चट्यांङको कारण निजको श्रीमती ७८ वर्षिया तिर्थ कुमारी प्रधान घाइते हुनु भएको छ । चट्याङका कारण घाइतेको अनुहार र छातीमा जलेको छ र जिल्ला अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
चट्याङबाट गोपीनारायण र भाई टेक बहादुर प्रधानको घरमा जडान गरिएको बिजुलीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज