भोजपुर । भोजपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ बस्ने २२ वर्षीय सोनुप राई र सोही नगरपालिका–१२ बस्ने २४ वर्षीय रिजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।
उनीहरूलाई मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने भोजपुर नगरपालिका–९, को पिङडाँडामा प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूबाट ११ प ७६६८ का मोटरसाइलको सिट मुनि लुकाई ल्याइरहेको प्लाष्टिकमा राखिएको खैरो रंगको पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक परीक्षणअनुसार उक्त पदार्थ ब्राउन सुगर भएको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार उक्त पदार्थ २० ग्राम ६०० मिलिग्राम रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
साथै उनीहरूबाट अन्य केही खुला ट्याबलेटहरू समेत बरामद गरिएको छ। बरामद ट्याबलेटको नाम नखुलेको तर ती लागुऔषधसम्बन्धी सामग्री नै भएको अनुमान गरिएको प्रहरीको भनाइ छ। यद्यपि विस्तृत परीक्षण र प्राविधिक परीक्षण पश्चात् मात्र ती ट्याबलेट कुन खालको लागुऔषध हुन् भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान थालिएको छ। बरामद गरिएको पदार्थलाई परीक्षणको तयारी भइरहेको र घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइने पनि प्रहरीको भनाइ छ ।
भोजपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ
२०८२ भाद्र १४, शनिबार १०:१८ गते

प्रतिक्रिया