भोजपुर। गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय भोजपुरले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । षडानन्द नगरपालिकाको दिङ्लामा जिल्ला रेडक्रस सोसाईटीको प्राविधिक सहयोग तथा षडानन्द नगरपालिकाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, प्रहरी साथै रक्तदान गर्न ईच्छुक १८ देखि ३५ बर्षसम्मका ४१ जना युवा तथा युवतीहहरुले ४१ पिण्ट रगत दान गरेको छ । जिल्ला प्रहरी कार्यलय भोजपुरले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरेपनि दिङ्लामा पहिलो पटक अयोजना गरिएको हो । एक जनाको रक्तदानले तीन जनाको ज्यान बच्न सक्छ त्यसैले यो कार्यक्रमलाई निरन्तर र महत्वको साथ विभिन्न समय र विभिन्न अवसरमा गरिदै आएको जिल्ला प्रहरी कार्यलयका प्रमुख युवराज तिम्सिनाले बताएका छन् ।
रक्तदान गर्दा केहि समस्या नहुने अझ अफ्ठ्यारोमा परेकाहरुलाई सहज हुन्छ र रगत दान गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यलय भोजपुरले विभिन्न समयमा रक्तदान कार्यक्रम गरिरहेको समेत प्रमुख तिम्सिनाले बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, षडानन्द नगरपालिका उपप्रमुख, नेपाली सेनाका प्रतिनिधि, विशेष गरि नेपाल प्रहरी साथै रक्तदान गर्न ईच्छुक युवा तथा युवतीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया