+
Search

ताजा अपडेट +

पपुलर +

ॐ षडानन्द कर्मयोग आश्रममा ३१ राष्ट्रिय व्यक्तित्वहरुको प्रतिमा अनावरण

माेहन तामाङ
२०८२ असार १२, बिहीबार २०:३६ गते

भोजपुर। भोजपरको षडानन्द नगरपालिका वडा नं. ७ मा ३१ राष्ट्रिय व्यक्तित्वहरुको शालिक अनावरण भएको छ । षडानन्द नगरपालिका वडा नं. ७ अवस्थित ओम षडानन्द कर्मयोग आश्रममा आज ३१ जना विभिन्न क्षेत्रको राष्ट्रिय व्यक्तित्वहरुको शालिक अनावरण गरिएको ओम षडानन्द कर्मयोग आश्रमका अध्यक्ष ऋषिराज लुम्सालीले जानकारी दिएका छन् ।

नेपालका ऐतिहासिक, साहित्यिक र साँस्कृतिक विधाका ३१ जना राष्ट्रिय व्यक्तित्वहरुको प्रतिमा अनावरण भएको छ । जसमा बहिरी कम्पाउण्ड क्षेत्रमा जंग बहादुर राण, बलभद्र कुवँर, अमर सिं थापा, काजी कालु पाण्डे, फाल्गुनन्द, प्रपन्नाचार्य, यलम्बर, नारादमुनी थुलुङ र रामप्रसाद राईको प्रतिमा रहेको छ ।

त्यस्तै भित्र राखिएको प्रतिमाहरु भृकुटी, योगमाया, पारिजात, पासाङल्हमु शेर्पा, डा.के.आई. सिं, भिमदत्त पन्त, लखन थापा मगर, सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द ठकुरी, शुक्रराज शास्त्री, जयपृथ्वी बहादुर सिं, आदीकवी भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण श्रम, लक्ष्मी प्रसाद देवकोटा, भुपि शेरचन, पीताम्बर भोला, योगी नरहरिनाथ, स्वर्गद्धारी महाप्रभु र खप्तड बाबाको प्रतिमा राखिएको छ ।

ओम कर्मयोग आश्रममा यो भन्दा अगाडीनै पृथ्वीनारायण शाहा र १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको प्रतिमा राखिएको थियो । कार्यक्रममा षडान्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख प्रमिला राईको विशेष आतिथ्यतामा अनावरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

माेहन तामाङ